20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनस्पेस फोर के टेलिभिजनमा एकसाथ किड्स डान्स, र्याप र डेटिङ रियालिटी शो...

स्पेस फोर के टेलिभिजनमा एकसाथ किड्स डान्स, र्याप र डेटिङ रियालिटी शो आउँदै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं, १ पुस । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ । पत्रकारहरुको बाक्लो सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए ।

र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् ।

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमताहरुलाई अन्वेषण गर्ने र त्यस्ता क्षमताहरुलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शोहरु ल्याइएको बताउनुभयो । तीन वटै रियालिटी शोका बारेमा पक्कै पनि विभिन्न कोणबाट चर्चा हुनसक्ने उल्लेख गर्दै उहाँले यी शो मनोरन्जन र सन्देशमूलक दुबै हुने बताउनुभयो । आजको विकसित समाज धेरै खुल्ला र अगाडि बढिसकेको उदाहरण दिँदै उहाँले नेपाली समाज भने अझै संकिर्ण र रुढिगत रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाहरुको बालमनोविज्ञानमा आधारित भएर बालबालिकाहरुमा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

उहाँले बालबालिकाहरु काचो माटो भएको र उनीहरुमा भरपूर सिर्जनात्मकता हुने बताउनुभयो । त्यो क्षमतालाई यो शो ले राम्रो एक्सपोजर दिने बताउनुभयो । त्यसैगरी र्याप स्टारका निर्णायक तथा चर्चित र्यापर गिरिश खतिवडाले नेपाली समाजमा र्यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्याप विधाले समाजको चित्रण गर्ने बताउनु भयो । पे्रमिल जोडीहरुमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन्ड दास श्रेष्ठले बताउनु भयो । डेटिङ रियालिटि सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो बैशाख र सिङ्गिङ रियालिटि सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुनेछन् ।

भर्खरै प्रकाशित

your adv here