20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिजनसरोकारका बिषयमा केही कुरा

जनसरोकारका बिषयमा केही कुरा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डिआर उपाध्याय, 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नु भयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदै छन । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन ।

देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवान् र इमानदार बन्न सक्नुपर्छ । राजनीतिक नेतृत्व इमानदार बन्दा बित्तिकै आमप्रशासनतन्त्रमा सुधार आउन सक्छ । सरकारका योजनालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने भनेकै कर्मचारीवर्ग हो । राजनीतिक नेतृत्व इमान्दार बन्नै पर्छ । देश भ्रष्टचारमा डुबेको छ । कर्मचारीतन्त्रलाई भ्रष्ट बनाएकै राजनीतिक नेतृत्वले हो । त्यसैले सबै भन्दा पहिला राजनीतिक नेतृत्व आफै सच्चिनुपर्छ । त्यसैले अब प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो प्राथमिकता आफू सच्चिएर कर्मचारीमा सुधार ल्याउनु हो । अधिकांश नेताहरू माफिया, बिचौलिया र तस्करको घेराबन्दीमा छन् । कसरी हुन्छ धन आर्जन गर्ने ध्याउन्नमा उनीहरू लिप्त छन ।

देशमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ । त्यसैले सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरुरी छ । अब सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नैपर्ने देखिन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारीता भयो भने देश बन्न कुनै बेर लाग्दैन । सरकारले आफ्नो कार्यकालको अवधिमा गर्न सक्ने तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्छ । त्यसका लागि विषयगत विज्ञ छनोटमा विशेष ध्यान दिनुपर्छ । त्यसो भयो भने मात्र बर्तमान सरकारले गर्न खोजेका कुरा र सपना पुरा हुन सक्छन । जनताका गास, बास, कपासको उचित व्यवस्थापनमा सरकार लाग्नु पर्छ । त्यसै गरी सरकारले स्वास्थ र शिक्षामा सहज पहुँच एवं रोजगारीको उचित अवसरको व्यवस्थापन गर्न सक्नुपर्छ ।

भर्खरै प्रकाशित

your adv here