20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिनक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डिआर उपाध्याय,

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनि दायरामा आउनु पर्छ । यो मानव तस्कर हो । मानव तस्कर गर्नेलाई कानुन बमोजिम कारवाही अघि बढाउनु पर्छ । कसैको दवाव र प्रभावमा परेर यो मुद्धालाई खुकुलो बनाउने काम गर्नु उचित हुने छैन । बहालवाला सचिव र राजनीतिक दलकै नेता यस्तो धन्दामा फस्नु भनेको देशकै बेइजत हो ।

उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि अब अरु थप अनुसन्धान गर्नु पर्ने आबश्यकता देखिएको छ । यसरी उच्चपदस्थ कर्मचारी र ठूला नेता गैरकानुनी धन्दामा लाग्न लाज लाग्नु पर्ने हो । देशकै पूर्व उपप्रधानमन्त्री भइसकेका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र बहालवाला सचिवको यो मुद्धामा नाम जोडिनु भनेको आश्र्यको बिषय बनेको छ । रायमाझी अझै सम्म फरार छन । यद्यपि, नेपालमा भ्रष्टाचारजन्य घटनामा उच्च राजनीतिक व्यक्ति र उच्च तहका प्रशासक संलग्न भएको यो पहिलो घटना भने होइन । विगतमा पनि भ्रष्टाचारजन्य कार्यमा पहुँचवाला व्यक्तिको संलग्नता भेटिने गर्दथ्यो । तर सत्ता र शक्तिको आडमा उनीहरुलाई चोख्याने काम हुने गर्दथ्यो ।

अब त्यस्तो नहोस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिको नाम जोडिएपछि यो बिषय यति बेला चर्चाको बिषय नै बनेको छ । राजनीतिमा सक्रिय व्यक्ति यस्ता घटनामा संलग्न हुनु भनेको देश र जनता प्रतिको बेइमानी हो । यस्ता नेताबाट जनताले के सिक्ने ? के आश गर्ने ? प्रश्नहरु धेरै उठेका छन । नक्कली भुटानी शरणार्थी प्रकरण आफैंमा एउटा गम्भीर अपराध हो । नक्कली शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने जुन धन्दा यति बेला छताछुल्ल भएको छ , त्यसले सबैको आखाँ खुलाइदिएको छ ।

यो धन्दामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनैपर्छ । कुनै पनि अर्थमा तिनलाई उन्मुक्ति दिनुहुन्न । घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेका छन । अभियोगमा संलग्नलाई पक्राउ गर्न प्रहरीले जुन सक्रियता देखाएको छ । यो प्रशंसनीय नै छ । अब फेरि यस्तै प्रकृतिका धन्दा नदोहोरियोस् भन्ने हाम्रो भनाई हो । नक्कली शरणार्थी बनेर अमेरिका जानेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । घटनालाई राजनीतिक प्रतिशोधका रूपमा नहेरी सत्यतथ्यलाई बाहिर ल्याएर दोषीमाथि कारबाही गर्ने काम सरकारले खुट्टा नकमाइ गरोस् ।

भर्खरै प्रकाशित

your adv here