23.1 C
Kathmandu
Wednesday, September 23, 2026
Homeचलचित्र‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् । महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य हो ।

पत्रकार सम्मेलनमा सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथले भने, ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । अघिल्लो पटकको भन्दा यो संस्करण थप वृहत् र व्यवस्थित हुनेछ ।’ चलचित्र विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here