24.1 C
Kathmandu
Monday, June 1, 2026
Homeमनोरन्जन‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा

‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं, २९ जेठ र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा हुनेभएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रिन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । हिपहप र ‘र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शोको आयोजना गरिएको यसका निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शो को आयोजना गरेका छौ । पहिलो शो बाट नै हामी धेरै उत्साहित भएका छौ’, निर्देशक अछामीले भन्नुभयो । अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेति (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरू मध्ये असार २ गते हुने अन्तिम प्रतिस्पर्धामा एक जना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतिले जानकारी गराउनुभयो । यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकोले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रिन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताउनुभयो दिनुभयो । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल बिस्टको भनाइ थियो । कार्यक्रमका अर्का निर्माता बिनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा बिजेता घोषणा गरिने छ । प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजीटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहनुभएको छ ।

भर्खरै प्रकाशित

your adv here