19.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeअवार्डरोशन श्रेष्ठले हात पारे डिसिने अवार्ड

रोशन श्रेष्ठले हात पारे डिसिने अवार्ड

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

डिसिने अवार्डको १३ औं र चौथौं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको थियो। कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि चलचित्रकर्मीहरुलाई निरन्तर प्रोत्साहित गर्नु पर्छ भन्ने मान्यता अनुरुप यसलाई निरन्तरता दिइएको अवार्ड अध्यक्ष शान्तिप्रियले जनाएका छन् ।

डिसिने अवार्डको १३ औं संस्करण २०७७ अन्र्तगत चलचित्र हिरो रिटन्सबाट सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड रोशन श्रेष्ठले प्राप्त गरेका छन् । कलाकार रोशन श्रेष्ठ नेपाल चलचित्र कलाकार संघ को सदस्य पनि हुन्, त्यस्तै सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र श्रीबाट सूर्य बाहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड हिरो रिटन्स्बाट नै सविन श्रेष्ठले प्राप्त गरेका छन् । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लक्ष्मी पुजाबाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड चलचित्र गुड फ्रेण्ड अजय स्याङताङले प्राप्त गरेका छन् ।

चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँबछी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । समारोहमा १३ औं संस्करण अन्र्तगत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो ।

भर्खरै प्रकाशित

your adv here