21.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeमनोरन्जनमिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच टप २३ सार्वजनिक गरेको हो ।

समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् ।

प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै कात्तिक २ गते राजधानीमा सम्पन्न हुने फिनालेमा ताजका लागि प्रतिष्पर्धा गर्नेछन् । उत्कृष्ट २३ प्रतिष्पर्धीहरु अब ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन् । फिनालेमा कोरियोग्राफर अश्विनी कान्त झाले कोरियोग्राफी गर्नेछन् ।

‘मिसेस नेपाल वल्र्ड–२०२३’का बिजेताले यही डिसेम्बरमा अमेरिकामा हुने ‘मिसेस वल्र्ड–२०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन । सोही समारोहमा ‘मिसेस नेपाल वल्र्ड–२०२३’का अन्य सवटाइटल बिजेताहरुको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताएका छन् । फिनालेमा ‘मिसेस वल्र्ड–२०२२’का बिजेता सरगम कैशलको पनि उपस्थिति रहने छ ।

भर्खरै प्रकाशित

your adv here