17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनमिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच टप २३ सार्वजनिक गरेको हो ।

समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् ।

प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै कात्तिक २ गते राजधानीमा सम्पन्न हुने फिनालेमा ताजका लागि प्रतिष्पर्धा गर्नेछन् । उत्कृष्ट २३ प्रतिष्पर्धीहरु अब ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन् । फिनालेमा कोरियोग्राफर अश्विनी कान्त झाले कोरियोग्राफी गर्नेछन् ।

‘मिसेस नेपाल वल्र्ड–२०२३’का बिजेताले यही डिसेम्बरमा अमेरिकामा हुने ‘मिसेस वल्र्ड–२०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन । सोही समारोहमा ‘मिसेस नेपाल वल्र्ड–२०२३’का अन्य सवटाइटल बिजेताहरुको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताएका छन् । फिनालेमा ‘मिसेस वल्र्ड–२०२२’का बिजेता सरगम कैशलको पनि उपस्थिति रहने छ ।

भर्खरै प्रकाशित

your adv here