23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeअन्तरराष्ट्रियअमेरिकी अभिनेता भिन डिजेलमाथि यौन दूरव्यवहारको मुद्दा

अमेरिकी अभिनेता भिन डिजेलमाथि यौन दूरव्यवहारको मुद्दा

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

अमेरिकी अभिनेता भिन डिजेलमाथि एक जना पूर्व सहायकले यौन दूरव्यवहारको आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् ।

अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा पनि उनले मुद्दा हालेकी छिन् । आफूमाथि दूरव्यवहार गरेको केही घण्टाभित्रै डिजेलको कम्पनीले आफूलाई कामबाट निकालेको उनको भनाई छ । मुद्दा बिहीबार लस एञ्जलसमा दायर भएको छ । यो घटना फाष्ट फाइभको शूटको दौरान अटलान्टाको सेन्ट रेगिज होटेलमा भएको बताइएको छ ।

यो घटनाको केही घण्टाभित्रै डिजेलकी बहिनी सामन्था भिन्सेन्टले फोन गरेर आफूलाई कामबाट निकालेको जोनासोनको भनाई छ । भिन्सेन्टले दाजुको प्रडक्शन कम्पनी वन रेस फिल्म्स चलाउँथिन् । जोनासोनले भिन्सेन्ट र वन रेस फिल्म्स माथि पनि मुद्दा हाल्ने भएकी छिन् । आफ्नो यौन इच्छा पूरा गरेपछि उनको लागि उपयोगी नभएकोले डिजेलले आफूलाई कामबाट निकालेको उनले मुद्दामा भनेकी छिन् ।

यो घटनापछि जोनासोनले निरीह महसुस गरेको, आत्म सम्मान धुँजाधुँजा भएको, आफ्नो खुबीमाथि शङ्का लागेको अनि सफल करियरको लागि आफ्नै देहको व्यापार गर्नु पर्ने हो र रु भन्ने प्रश्न मनमा उब्जिएको पनि मुद्दामा भनिएको छ । मुद्दामा लैङ्गिक विभेद, अवैध प्रतिशोध, भावनात्मक सङ्कटको दाबी पनि गरिएको छ ।

यो आरोपको भिन डिजेलले खण्डन गरेको बताइएको छ । भिन डिजेल फाष्ट एन्ड फ्युरिएस फ्रेन्चाइजीबाहेक ग्यालेक्सी, ट्रिपल एक्स र रिडिक्क फिल्मका लागि पनि चर्चित छन् । उनी हलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्दछ ।

भर्खरै प्रकाशित

your adv here