मुम्बई– अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति १४’ घोषणा भइसकेको छ । भारत स्वतन्त्र भएको ७५ औं वर्ष पूरा भएको अवसरमा कार्यक्रमको एउटा विशेष श्रृंखलामा बलिउड अभिनेता आमिर खान, भारतीय सेनाका जवान तथा खेल क्षेत्रका विभिन्न व्यक्तिहरु देखिएको छ ।
यद्यपि, केही मानिसहरुले भने उक्त श्रृंखला मन पराएनन् । उनीहरुले सामाजिक सञ्जालमा अहिले बबाल मच्चाउँदै कार्यक्रम बाइकटको माग गरेका छन् । अहिले ट्विटरमा ह्यासट्याग बायकटकेबीसी ट्रन्डिङमा छ ।
केबीसीलाई बाइकट गर्ने मागको कारण भने आमिर खान भएका छन् । जबदेखि आमिर खानको फिल्म ‘लाल सिंह चढ्डा’ को ट्रेलर सार्वजनिक भएको छ, त्यही समयदेखि इन्टरनेटमा ह्यासट्याग बाइकटलालसिंहचढ्डा भन्ने नारा ट्रेण्ड भइरहेका छ । आमिर खान केबीसी कार्यक्रममा आफ्नो फिल्मको प्रमोशनका लागि पुगेका थिए, तर दर्शकलाई त्यो मन परेन । त्यसपछि मानिसले ट्विटरमा पोस्टर शेयर गर्द केबीसीलाई नै बाइकटको माग गर्न थालेका हुन् ।