15.4 C
Kathmandu
Friday, March 21, 2025
Homeअन्तरराष्ट्रियशाहरूख खान अभिनीत फिल्म ‘डंकी’ ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात

शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ३० करोड भारू कमाएको अनुमान छ। फिल्मको वास्तविक कमाइ आउन बाँकी छ।

यस वर्ष शाहरूख खानको फिल्म ‘जवान’ ले सर्वाधिक कमाउने हिन्दी फिल्मको रेडर्क राखेको छ। ‘जवान’ले ७५ करोड भारू कमाएको थियो भने शाहरूखकै फिल्म ‘पठान’ले ५७ करोड भारू कमाएको थियो। यी दुई फिल्मको रेकर्ड तोड्न ‘डंकी’असफल भएको छ।

फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले फिल्म राम्रो बनेको बताएका छन् भने कतिपयले औसत फिल्म बताएका छन्।

शुक्रबारदेखि प्रभास अभिनीत फिल्म ‘सलार’ पनि प्रदर्शन भएको छ। दुई ठूला फिल्म एकसाथ प्रदर्शन गर्दा व्यापारमा असर पुग्ने देखिन्छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ। बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।

भर्खरै प्रकाशित

your adv here