23.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeअन्तरराष्ट्रियशाहरूख खान अभिनीत फिल्म ‘डंकी’ ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात

शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ३० करोड भारू कमाएको अनुमान छ। फिल्मको वास्तविक कमाइ आउन बाँकी छ।

यस वर्ष शाहरूख खानको फिल्म ‘जवान’ ले सर्वाधिक कमाउने हिन्दी फिल्मको रेडर्क राखेको छ। ‘जवान’ले ७५ करोड भारू कमाएको थियो भने शाहरूखकै फिल्म ‘पठान’ले ५७ करोड भारू कमाएको थियो। यी दुई फिल्मको रेकर्ड तोड्न ‘डंकी’असफल भएको छ।

फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले फिल्म राम्रो बनेको बताएका छन् भने कतिपयले औसत फिल्म बताएका छन्।

शुक्रबारदेखि प्रभास अभिनीत फिल्म ‘सलार’ पनि प्रदर्शन भएको छ। दुई ठूला फिल्म एकसाथ प्रदर्शन गर्दा व्यापारमा असर पुग्ने देखिन्छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ। बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।

भर्खरै प्रकाशित

your adv here