10.1 C
Kathmandu
Sunday, December 14, 2025
Homeखेलकुदपोखरासँग धनगढीको बराबरी, क्वालिफायर खेल्न अरू खेलको नतिजा कुर्नुपर्ने

पोखरासँग धनगढीको बराबरी, क्वालिफायर खेल्न अरू खेलको नतिजा कुर्नुपर्ने

Date:

सम्बन्धित खबर

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको...

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार...

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...
spot_img

पोखरा थन्डर्स शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायरमा पुगेको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले धनगढी एफसीसँग १–१ गोलको बराबरी खेल्यो । धनगढीका मिलन राईले खेलको ४२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर धनगढीले अग्रता जोगाउन सकेन । खेलको इन्ज्युरी समयमा पोखराका मोसेस ग्याबाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै पोखराले ८ खेलमा १५ अङ्क जोडेको छ । धनगढी ८ खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा छ । धनगढीले उपविजेता बन्दै क्वालिफायर खेल्ने सम्भावना छ तर उसले अरू खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । ललितपुर सिटी एफसी, झापा एफसी, काठमाण्डौ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसी मध्येका २ वटा टोली प्लेअफको दौडमा छन् ।

एनएसएलमा तालिकाको शीर्ष २ वटा टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा हार्ने टोलीले तालिकाको तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउने छ ।

भर्खरै प्रकाशित

your adv here