29.1 C
Kathmandu
Monday, September 21, 2026
Homeखेलकुदप्रधानमन्त्री कप महिला क्रिकेट:कोशीको लगातार तेस्रो जित

प्रधानमन्त्री कप महिला क्रिकेट:कोशीको लगातार तेस्रो जित

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार तेस्रो खेलमा विजयी भएको छ ।

आज आइतवार भएको खेलमा कोशीले मधेस प्रदेशलाई ६० रनले हरायो । कोशीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रनमात्र बनाउन सक्यो । मधेसका लागि साना प्रवीनले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र एलिशा खडियाले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ५७ र अप्सरी बेगमले ३९ रन बनाइन् । बलिङतर्फ मधेसकी मिना महतोले २ विकेट लिइन् ।

यो जितसँगै कोशी ३ खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । मधेस लगातार तेस्रो हारसहित तालिकाको सातौँ स्थानमा छ ।

भर्खरै प्रकाशित

your adv here