22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeखेलकुदप्रधानमन्त्री कप महिला क्रिकेट:कोशीको लगातार तेस्रो जित

प्रधानमन्त्री कप महिला क्रिकेट:कोशीको लगातार तेस्रो जित

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार तेस्रो खेलमा विजयी भएको छ ।

आज आइतवार भएको खेलमा कोशीले मधेस प्रदेशलाई ६० रनले हरायो । कोशीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रनमात्र बनाउन सक्यो । मधेसका लागि साना प्रवीनले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र एलिशा खडियाले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ५७ र अप्सरी बेगमले ३९ रन बनाइन् । बलिङतर्फ मधेसकी मिना महतोले २ विकेट लिइन् ।

यो जितसँगै कोशी ३ खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । मधेस लगातार तेस्रो हारसहित तालिकाको सातौँ स्थानमा छ ।

भर्खरै प्रकाशित

your adv here