24.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeचलचित्रफिल्म निर्देशन गर्दै विल्सन विल्सन विक्रम राई

फिल्म निर्देशन गर्दै विल्सन विल्सन विक्रम राई

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

सानोपर्दाको सिरियलबाट अभिनय भित्रिएर ठुलो पर्दासम्म छाउन सफल कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले अब फिल्म निर्देशन गर्ने भएका छन् । ‘लाहुरे एण्ड दाउरे’ नामक फिल्मबाट उनी निर्देशनमा देखिन लागेका हुन् ।

फिल्मको मुख्य भूमिकामा दयाहाङ राईलाई अनुबन्धित गर्दै उनले फिल्म घोषणा गरेका हुन् । फिल्म उनकै कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुतीमा बन्न लागेको हो । फिल्मको मुख्य भूमिकामा बुद्धि तामाङसमेत रहने बताइन्छ ।

फिल्मका लागि अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ । कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई छन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।

अर्को वर्षको साउन अन्तिम वा भदौ पहिलो साताबाट छायांकन थाल्ने तयारी गरिएको फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ । फिल्मको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुनेछ ।

भर्खरै प्रकाशित

your adv here