26.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeचलचित्रफिल्म निर्देशन गर्दै विल्सन विल्सन विक्रम राई

फिल्म निर्देशन गर्दै विल्सन विल्सन विक्रम राई

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

सानोपर्दाको सिरियलबाट अभिनय भित्रिएर ठुलो पर्दासम्म छाउन सफल कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले अब फिल्म निर्देशन गर्ने भएका छन् । ‘लाहुरे एण्ड दाउरे’ नामक फिल्मबाट उनी निर्देशनमा देखिन लागेका हुन् ।

फिल्मको मुख्य भूमिकामा दयाहाङ राईलाई अनुबन्धित गर्दै उनले फिल्म घोषणा गरेका हुन् । फिल्म उनकै कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुतीमा बन्न लागेको हो । फिल्मको मुख्य भूमिकामा बुद्धि तामाङसमेत रहने बताइन्छ ।

फिल्मका लागि अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ । कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई छन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।

अर्को वर्षको साउन अन्तिम वा भदौ पहिलो साताबाट छायांकन थाल्ने तयारी गरिएको फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ । फिल्मको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुनेछ ।

भर्खरै प्रकाशित

your adv here