23.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeचलचित्रदयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।

निर्माण युनिटले वितरक रोहित कट्टेलसँगको छलफलपछि प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन मितिसँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक भएको छ ।

अनिल बुढामगरको निर्देशन रहने फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापामगर, खबपु पुनको अभिनय रहनेछ । माघ तेस्रो साताबाट छायाङ्कन सुरु हुन लागेको फिल्म पूर्वी रुकुममा खिचिनेछ । फिल्ममा निर्देशक मगरको अलवा विनोद खतिवडा र सुवास कोइरालाको लेखन रहेको छ ।

जीएम मुभिज प्रडक्सनको प्रस्तुतिमा जनक घर्तीमगर निर्माता रहेको फिल्ममा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा सङ्गीत रहनेछ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । घरज्वाइँ बस्ने परम्पराको कथामा फिल्म बन्न लागेको हो ।

भर्खरै प्रकाशित

your adv here