19.5 C
Kathmandu
Sunday, March 23, 2025
Homeचलचित्रनेपाल र भारतमा छायांकन भयो फिल्म ‘यो मन त मेरो नेपाली हो’

नेपाल र भारतमा छायांकन भयो फिल्म ‘यो मन त मेरो नेपाली हो’

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

मित्र प्रधान (नर) निरर्देशित फिल्म ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ।

फिल्मको नेपाल र भारतमा छायांकन सकिएको हो । नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउँ पश्चिम बंगाल लगायतको ठाउँमा फिल्मको छायांकन गरिएको थियो। फिल्मलाई सौरव लामाले छायांकन गरेका हुन्। बाँकी छायांकन अमेरिकामा हुने फिल्मका निर्देशन मित्र प्रधानले बताएका छन्।

पद्मा इश्वर इन्टरटेन्मेन्ट ब्यानरको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ। फिल्मले नेपाली भाषा, साहित्य, कला, इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्तलगायत कलाकारको अभिनय छ।

फिल्ममा दिपक शर्माको संगीत, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ।

भर्खरै प्रकाशित

your adv here