21.1 C
Kathmandu
Friday, September 4, 2026
Homeखेलकुदएपीएफको लगातार पाँचौँ जित, कोशीले गण्डकीलाई ५५ रनले हरायो : प्रधानमन्त्री कप

एपीएफको लगातार पाँचौँ जित, कोशीले गण्डकीलाई ५५ रनले हरायो : प्रधानमन्त्री कप

Date:

सम्बन्धित खबर

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...
spot_img

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ ।

आज बुधवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हरायो । एपीएफले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायो । एपीएफका लागि राजमती ऐरीले ६७ र ममता चौधरीले ६२ रन बनाइन् । बलिङतर्फ कर्णालीकी तृसना विश्वकर्माले १ विकेट लिइन् ।

यो जितसँगै एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेको कर्णाली तालिकाको पुछारमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हरायो । कोशीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदा अल आउट भयो । गण्डकीका लागि सुमन खतिवडाले नट आउट २१ रन बनाइन् । बलिङतर्फ कोशीकी कप्तान रुबिना क्षेत्रीले ३ तथा सङ्गीता राई र एलिशा खडियाले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । कोशीका लागि बिमला मलहाले २५, सङ्गीता राईले नट आउट २३ र लकिता राजवंशीले २२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदार सृष्टि जैसीले समान २ विकेट लिइन् ।

यो जितसँगै ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

भर्खरै प्रकाशित

your adv here