29.1 C
Kathmandu
Monday, September 21, 2026
Homeखेलकुदप्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन् । आज बिहान भएको खेलमा सिटीले एभर्टनलाई, चेल्सीले क्रिस्टल प्यालेसलाई र उल्भ्सले ब्रेन्टफोर्डलाई हरायो ।

साविक विजेता टोली सिटीले एभर्टनलाई ३–१ गोलले हराएको छ । जितसँगै सिटी १८ खेलमा ३७ अंककासाथ तालिकाको चौथो स्थानमा छ ।

अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । जितसँगै चेल्सी १९ खेलमा २५ अंककासाथ तालिकाको दशौँ स्थानमा छ ।

त्यस्तै, उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । उल्भ्स १९ खेलमा २५ अंककासाथ ११औँ स्थानमा छ । अंकतालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक, दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अंक र तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक छ ।

प्रिमियर लिगमा आज राति ब्राइटन र टोटनहम तथा आर्सनल र वेस्टह्यामबीच खेल हुनेछ । वेस्टह्यामलाई हराउन सकेमा आर्सनल शीर्ष स्थानमा फर्कनेछ ।

भर्खरै प्रकाशित

your adv here