23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeचलचित्र‘वर्षा सिवाकोटी अहिले फिल्म ‘काजी’ अभिनयको तयारीमा

‘वर्षा सिवाकोटी अहिले फिल्म ‘काजी’ अभिनयको तयारीमा

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

अभिनेत्री वर्षा सिवाकोटी अहिले फिल्म ‘काजी’ अभिनयको तयारीमा छिन् । फिल्मको माघबाट छायाङ्कन सुरु हुँदै छ । फिल्मको कथा र आफ्नो भूमिका मन परेकोले काजीमा जोडिएको उनी बताउँछिन् ।
केही अगाडिसम्म उनको हातमा कुनै पनि नयाँ फिल्म थिएन । अहिले भने केही फिल्म छन् । जसको स्क्रिप्ट अध्ययनको क्रममा छिन् ।

वर्षाको एक समय धेरै फिल्म आएको थियो । पछिल्लो समय उनको फिल्म कमी छ । पारिवारिक उतारचढावमा उनी केही समय फिल्मबाट बाहिर रहिन् ।

पछिल्लो समय वर्षाको फिल्म ‘परदेशी २’ रिलिज भएको थियो । फिल्मले प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भयो । केही साता अगाडि रिलिज भएको फिल्म ‘दुई कदममा’मा पनि उनी आइटम गीतमा देखिएकी थिइन् । अव भने लगातार फिल्म अभिनय गर्ने उनको सोच छ ।

काजी लक्ष्मण रिजालले निर्देशन गर्न लागेको फिल्म हो । विपिन कार्कीको पनि मुख्य भूमिका रहने फिल्मको छायाङ्कन माघबाट हुने बताइन्छ ।

भर्खरै प्रकाशित

your adv here