23.1 C
Kathmandu
Thursday, October 15, 2026
Homeचलचित्र‘डिग्री माइला’ को पोस्टरमा यस्तो देखिए दयाहाङ

‘डिग्री माइला’ को पोस्टरमा यस्तो देखिए दयाहाङ

Date:

सम्बन्धित खबर

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र ‘डिग्री माइला’बनेका दयाहाङ राईलाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा देख्न सकिन्छ। उनले चश्मासमेत लगाएका छन्। योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सले फिल्म निर्माणका लागि सुस्मा फिल्म्ससँग सहकार्य गरेको छ। फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाएको छ। यो फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ।

भर्खरै प्रकाशित

your adv here