20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्र‘दुई कदम’को हङकङमा प्रदर्शन हुने तयारी

‘दुई कदम’को हङकङमा प्रदर्शन हुने तयारी

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

फिल्म ‘दुई कदम’ गत मंसिर २९ गतेबाट नेपालमा प्रदर्शनमा आएको थियो । नेपाल प्रदर्शनमा राम्रो दर्शक पाउन नसकेको फिल्म ‘दुई कदम’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रदर्शन हुन लागेको हो ।

फिल्मको प्रदर्शनमा सहभागी हुन अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छन् । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा शोको आयोजना गरिएको छ ।

उदय सुब्बा निर्देशित फिल्ममा इओन लिम्बु, सिमोन गिरीको अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा लगायतको अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले नृत्य गरेका छन् ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा पनि छायाङ्कन भएको छ ।

फिल्ममा विक्रम डिसीको छायाङ्कन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

भर्खरै प्रकाशित

your adv here