14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeसमाचारबालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका युवाको ज्यान गयो, ५४ जना पक्राउ

बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका युवाको ज्यान गयो, ५४ जना पक्राउ

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले उज्यालोलाई जानकारी दिएका छन् । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।

युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको उनले बताएका छन् । केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको एसपी केसीले बताएका छन् । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको छ ।

आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन । मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका प्रहरीले जनाएको छ । पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका प्रहरीले जनाएको छ ।

इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ ।

भर्खरै प्रकाशित

your adv here