17.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeसमाचारसबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउन अदालतको आदेश : घटना बालकुमारी २...

सबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउन अदालतको आदेश : घटना बालकुमारी २ जनाको मृत्यु

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

उच्च अदालत पाटनले कोरिया जानको लागि सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षा अन्तर्गत म्यानुफेक्चरतर्फ सामेल गराउन आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन शुक्रबार आदेश जारी गरेको हो । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । यअघिको आदेशमा रिट दायर गर्ने १८ जनालाई आवेदन भर्न दिनु भनेर अदालतले आदेश दिएको थियो । त्यसपश्चात ईपीएस कोरिया शाखाले १८ जनाको लागि मात्र आवेदन खुलाएको थियो । उक्त १८ जनामा नपर्नेहरुले शुक्रबार शाखा परिसर ग्वार्कोमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीहरुले भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो समेत लगाईदिएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो। जस क्रममा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

यो घटना लगत्तै उच्च अदालत पाटनले सबैजनालाई परीक्षामा सहभागी गराउनु भन्दै आदेश दिएको हो ।

आदेशमा भनिएको छ,‘‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

भर्खरै प्रकाशित

your adv here