23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeखेलकुदसुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा : प्रधानमन्त्री कप

सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा : प्रधानमन्त्री कप

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज सोमवार भएको दोस्रो क्वालिफायरमा

सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । कोशीका लागि काजल श्रेष्ठले नट आउट ३८ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ कोशीकी सङ्गीता राईले २ विकेट लिइन् ।

अब कोशीले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ

भर्खरै प्रकाशित

your adv here