18.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeखेलकुदसुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा : प्रधानमन्त्री कप

सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा : प्रधानमन्त्री कप

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज सोमवार भएको दोस्रो क्वालिफायरमा

सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । कोशीका लागि काजल श्रेष्ठले नट आउट ३८ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ कोशीकी सङ्गीता राईले २ विकेट लिइन् ।

अब कोशीले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ

भर्खरै प्रकाशित

your adv here