17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रएक वर्षमा २५ अर्ब कमाउने पहिलो भारतीय अभिनेता बने शाहरूख खान

एक वर्षमा २५ अर्ब कमाउने पहिलो भारतीय अभिनेता बने शाहरूख खान

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

बलिउड अभिनेता शाहरूख खानले नयाँ रेकर्ड राखेका छन्। उनले एक वर्षमा २५ अर्ब कमाउनले अभिनेताको रेकर्ड राखेका हुन्।

हिन्दी फिल्म बजार विश्लेषक रमेश बालाले ट्विटरमार्फत भारतीय फिल्म क्षेत्रमा एक वर्षमै २५ अर्ब कमाउने रेकर्ड शाहरूख खानले राखेको जानकारी दिएका हुन्।

सन् २०२३ मा उनको तीन फिल्म ‘पठान, जवान र डंकी’ रिलिज भयो। यी फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो कमाइ गरेका छन्। उनको फिल्म ‘पठान, जवान र डंकीु ले विश्वभरबाट २५ अर्ब कमाएको हो।

‘पठान’ले १० अर्ब ५० करोड भारू कमाएको थियो भने ‘जवान’ ले ११ अर्ब ४६ करोड र ‘डंकी’ ले ३ अर्ब ६१ करोड भारू कमाएको छ।

शाहरूखले फिल्म ‘जिरो’ फ्लप भएपछि ‘पठान’ बाट कमब्याक गरेका हुन्। उनले लगातार सुपरहिट फिल्म दिएर उक्त रेकर्ड राखेका छन्।
यसवर्ष शाहरूखको सम्पत्ति १३ अर्ब भारू बढेको छ। अब उनी ६४ अर्ब ११ करोड भारूका मालिक भएका छन्। गतवर्ष उनको सम्पत्ति ५१ अर्ब १६ करोड भारू थियो। ‘जवान’ र ‘पठान’को सफलताले उनको सम्पत्ति बढेको हो।

भर्खरै प्रकाशित

your adv here