17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रसौगात र विपीनको ‘द रेड सुटकेस’ चैत ३० गतेदेखि प्रदर्शन हुने

सौगात र विपीनको ‘द रेड सुटकेस’ चैत ३० गतेदेखि प्रदर्शन हुने

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

सौगात मल्ल र विपीन कार्की अभिनीत फिल्म ‘द रेड सुटकेस’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो। यो फिल्म आगामी चैत ३० गतेदेखि प्रदर्शन हुने भएको छ।

मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन्। यो फिल्म विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।

सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले दुई अवार्ड जितेको थियो। त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल लगायतमा छनोट भएको थियो।

फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रूपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फर्स्ट फिचर फिल्मको अवार्ड जिताएको थियो। फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो।

फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय छ। सुशन प्रजापतिको छायांकन गरेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन्।

फिल्मलाई आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन्। फिल्मको सह-निर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन्।

भर्खरै प्रकाशित

your adv here