19.5 C
Kathmandu
Sunday, March 23, 2025
Homeचलचित्र‘पर्खि बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

‘पर्खि बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक गरिएको छ।

मंगलबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। प्रमोद खरेल र अनु चौधरीको स्वर रहेको गीतमा किरण श्रेष्ठ र रक्षा बुढाथोकी फिचर्ड छन्।

कृष्णहरी बरालको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ।

राजाराम बुढाथोकी निर्माता रहेको फिल्ममा कोमल गुरुङ सह(निर्माता छन्। फिल्ममा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ। फिल्म काठमाडौं उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टले र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

यो फिल्म आगामी पुस २७ गतेदेखि प्रदर्शन हुँदैछ।

भर्खरै प्रकाशित

your adv here