23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeचलचित्रयस्तो छ ‘चित्रा’ को ट्रेलर (भिडियोसहित)

यस्तो छ ‘चित्रा’ को ट्रेलर (भिडियोसहित)

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ।

फिल्ममा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरेल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। यही फिल्मबाट सन्तोष अधिकारीले अभिनयमा डेब्यू गर्दैछन्।

फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ।

महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई नेपालभर केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ। अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।

यो फिल्म पुस २७ गतेदेखि प्रदर्शन हुनेछ।

भर्खरै प्रकाशित

your adv here