14.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeचलचित्रयस्तो छ ‘चित्रा’ को ट्रेलर (भिडियोसहित)

यस्तो छ ‘चित्रा’ को ट्रेलर (भिडियोसहित)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ।

फिल्ममा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरेल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। यही फिल्मबाट सन्तोष अधिकारीले अभिनयमा डेब्यू गर्दैछन्।

फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ।

महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई नेपालभर केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ। अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।

यो फिल्म पुस २७ गतेदेखि प्रदर्शन हुनेछ।

भर्खरै प्रकाशित

your adv here