14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeचलचित्रबलिउड / हलिउडबलिउड अभिनेत्री दिपीका आमा बन्दै

बलिउड अभिनेत्री दिपीका आमा बन्दै

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

दीपिका पदुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ ।

सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका रासलीला राम लीलाको सेटमा उनीहरूबिच प्रेमको सुरुवात भएको थियो । दुवैले सन् २०१८ को नोभेम्बर १४ र १५ मा निजी समारोहबिच बिहे गरेका थिए । यी दुईको बिहे भएको पनि ५ वर्षभन्दा बढी भइसक्यो । फ्यानहरूमा यति बेला यी दुईले फ्यामिली प्लानिङ कहिले सुरु गर्छन् भन्ने चासो बढेको छ ।

खबरहरूका अनुसार यी दुई फ्यामिली प्लानिङ सुरु गर्न एक्साइटेड छन् । दुबैका परिवार नयाँ सदस्य चाँडै आओस् भन्ने चाहन्छन् । वोग सिंगापुरसँगको एउटा अन्तरवार्तामा दीपिकाले बच्चाबारे खुलेर कुराकानी गरेकी छिन् । ‘म अनि रणवीर लाई बच्चा निकै म पर्छ । हामी त्यो दिनको पर्खाईमा छौं जुनदिन हामी हाम्रो फ्यामिली प्लानिङ सुरु गर्नेछौँ,’ दीपिकाले भनिन् । आफ्नो परिवारका सदस्यहरू काका–काकी, पारिवारिक साथीभाई सबैले आफू विल्कुल नबदलिएको बताउने गरेको अनि आफूसँग सेलिब्रेटीलाई जस्तो व्यवहार पनि नगरिने उनको भनाइ छ ।

‘सबैभन्दा पहिला म एक छोरी हुँ, बहिनी हुँ अनि म चाहन्छु कि यी कुराहरू कहिले नफेरिउन् । परिवारले नै मलाई जमिनसँग जोडेर राख्छ । म र रणवीर पनि हाम्रो बच्चालाई यही संस्कार सिकाएर हुर्काउन चाहन्छौँ’ दीपिकाको भनाई छ ।

दीपिका सिद्धार्थ आनन्दको फाइटरमा ऋतिक रोशन र अनिल कपुरसँग देखिदैंछिन् । उनी नाग अश्विनको कल्की २८९८ मा प्रसार र अमिताभ बच्चनसँग देखिनेछिन् ।

भर्खरै प्रकाशित

your adv here