23.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeचलचित्रबलिउड / हलिउडबलिउड अभिनेत्री दिपीका आमा बन्दै

बलिउड अभिनेत्री दिपीका आमा बन्दै

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

दीपिका पदुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ ।

सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका रासलीला राम लीलाको सेटमा उनीहरूबिच प्रेमको सुरुवात भएको थियो । दुवैले सन् २०१८ को नोभेम्बर १४ र १५ मा निजी समारोहबिच बिहे गरेका थिए । यी दुईको बिहे भएको पनि ५ वर्षभन्दा बढी भइसक्यो । फ्यानहरूमा यति बेला यी दुईले फ्यामिली प्लानिङ कहिले सुरु गर्छन् भन्ने चासो बढेको छ ।

खबरहरूका अनुसार यी दुई फ्यामिली प्लानिङ सुरु गर्न एक्साइटेड छन् । दुबैका परिवार नयाँ सदस्य चाँडै आओस् भन्ने चाहन्छन् । वोग सिंगापुरसँगको एउटा अन्तरवार्तामा दीपिकाले बच्चाबारे खुलेर कुराकानी गरेकी छिन् । ‘म अनि रणवीर लाई बच्चा निकै म पर्छ । हामी त्यो दिनको पर्खाईमा छौं जुनदिन हामी हाम्रो फ्यामिली प्लानिङ सुरु गर्नेछौँ,’ दीपिकाले भनिन् । आफ्नो परिवारका सदस्यहरू काका–काकी, पारिवारिक साथीभाई सबैले आफू विल्कुल नबदलिएको बताउने गरेको अनि आफूसँग सेलिब्रेटीलाई जस्तो व्यवहार पनि नगरिने उनको भनाइ छ ।

‘सबैभन्दा पहिला म एक छोरी हुँ, बहिनी हुँ अनि म चाहन्छु कि यी कुराहरू कहिले नफेरिउन् । परिवारले नै मलाई जमिनसँग जोडेर राख्छ । म र रणवीर पनि हाम्रो बच्चालाई यही संस्कार सिकाएर हुर्काउन चाहन्छौँ’ दीपिकाको भनाई छ ।

दीपिका सिद्धार्थ आनन्दको फाइटरमा ऋतिक रोशन र अनिल कपुरसँग देखिदैंछिन् । उनी नाग अश्विनको कल्की २८९८ मा प्रसार र अमिताभ बच्चनसँग देखिनेछिन् ।

भर्खरै प्रकाशित

your adv here