14.1 C
Kathmandu
Monday, October 26, 2026
Homeमनोरन्जनयुट्युब ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘मुटु कटक्कै’

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘मुटु कटक्कै’

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपुतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गरेको छ ।

यस्तैमा सपुतले पछिल्लो समय ल्याएको गीत ‘मुटु कटक्कै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । सोमबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १५ लाख बढी न्युज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

गीतमा शब्द तथा संगीत पनि सपुतकै छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतको अभिनय छ ।

नवराज उप्रेतीको छायाङ्कन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैले निर्देशन गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here