23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeभिडियोरोशन सिंहको "माया गरि गरि" सार्वजनिक

रोशन सिंहको “माया गरि गरि” सार्वजनिक

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

आधुनिक क्षेत्रमा बिगत एक दशक देखि होमिएका गायक रोशनका गीतहरु श्रोता तथा दर्शकहरुले निकै नै रुचाउने गरेका छन् यस अघि “जिन्दगीका केहि मिठा पल” मेरी मायालु निकै चर्चामा थियो भने अन्य दर्जनौं गीतहरुले श्रोता तथा दर्शकको मन मुटुमा अड्डा जमाएइसकेका छन् ।

पछिल्लो समय धेरैको मन मुटुमा बस्न सफल गायक रोशन सिंहको आवाजमा रहेको नयाँ गीत ‘माया गरि गरिको ” भिडियो सार्वजनिक भएको छ । भर्खरै रिलिज भएको “माया गरि गरि” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ। सुमधुर आवाजमा रहेको गीत, डा. कृष्ण हरि बरालको शब्द, सुरेश गैरेको संगीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्। फर्पिङको रमणीय स्थलमा छायांकन गरिएको गीतमा ज्योति खड्का र योदिश न्यौपानेको उत्कृष्ट अभिनय देख्न सकिन्छ । रोशन सिंहको निर्देशन रहेको गीतलाई आलेक्श पुडासैनीले छायांकन गरेका छन् भने ओम प्रसाईले सम्पादन गरेका छन् सांगीतिक रुपमा आफ्नो कला र गालालाई प्रस्तुत गर्दै आएका गायक रोशन पेशाले बाल बाटिका स्कुल पेप्सीकोलाका संचालक र प्रिन्सिपल समेत रहेका छन् भारतीय दुतावास लगायत नेपाल संगीत विद्यालय गाैशालाबाट गायनमा प्रशिक्षण समेत लीएका छन् त्यसैगरी माया गरि गरि गीत मेल र फिमेल भर्सन छिट्टै बजारमा आउदै छ ।

गीत संगीत प्रति निक्कै लगाब भएका गायकको अर्को नयाँ गीत देखे देखि पनि बजारमा आउने तयारीमा रहेको छ सानै देखी सांगीतिक क्षेत्रमा रुचि राख्ने गायक स्कुल कलेज लाईफ़मा पनि उतिकै अब्बल देखिन्थे आधुनिक गीत संगीतलाई बढी माया गर्ने गायकका अनेकौ गीतहरु बजारमा आईसकेका छन् अहिले भने माया गरि गरि बोलको भिडियो लिएर आएका छन् आफ्नै Roshan Singh Youtube Channel  मार्फत सार्वजनिक गरेका छन् ।

भर्खरै प्रकाशित

your adv here