24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeविषेश समाचारपूर्वी पहाडका केही ठाउँमा हल्का वर्षा

पूर्वी पहाडका केही ठाउँमा हल्का वर्षा

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गाका पहाडी भेगमा हल्का वर्षा भएको छ ।

आज पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभावले पानी परेको र अझै एक–दुई दिन हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन् ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ । महाशाखाका अनुसार दोलखाको कालिञ्चोक, सोलुुखुम्बुको लुक्ला, ताप्लेजुङलगायतका उच्च पहाडी भेगसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण देशभर चिसो बढेको छ ।

आज काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम ५ दशमलव ६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

यस्तै, जुम्ला, जोमसोम, डडेल्धुरा, जिरी लगायत ठाउँको न्यूनतम तापक्रम घटेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री, जोमसोमको माइनस चार दशमलव छ डिग्री, डडेल्धुराको ३ दशमलव ५, जिरीको न्यूनतम तापक्रम शून्य दशमलव २ डिग्रीमा झरेको छ ।

आज पनि देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन सक्ने मौसमविद् लामिछानेले बताउका छन् । यस्तै, देशको तराई मधेसका जिल्लामा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको छ ।

भर्खरै प्रकाशित

your adv here