13.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारआज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आज देशका पहाडी भेगको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरैजसोको ठाउँमा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ९ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ। यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्यभन्दा पनि तल माइनसमा पुगेको छ ।

महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ८, जोमसोमको माइनस ३ दशमलव ५ र जिरीको माइनस ० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाले जनाएको छ।

भर्खरै प्रकाशित

your adv here