25.1 C
Kathmandu
Monday, September 21, 2026
Homeसमाचारआज कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

हिजो दिनभर वर्षा र हिमपात भएको ठाउँमा आज चिसो बढेको छ । हिजो सुुदूरपश्चिम, कर्णाली र लुुम्बिनीसँगै बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी भेगका धेरै ठाउँमा हल्का पानी परेको थियो ।

आज पनि पहाडी भेगका धेरै ठाउँमा आंशिक बदली हुने र कतैकतै फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ। तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो हटेको छ । थोरै ठाउँमा मात्रै बिहान हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले हिजो धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको बाक्लो हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

पर्सि आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here