25.1 C
Kathmandu
Monday, September 21, 2026
Homeसमाचारनेपालमा फेरि पश्चिमी वायु सक्रिय, पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको...

नेपालमा फेरि पश्चिमी वायु सक्रिय, पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि फाट्टफुट्ट पानी पर्न थालेको छ । दिउँसो गण्डकी भन्दा पश्चिमतर्फको पहाडी क्षेत्रमा बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् ।

यस पटक सक्रिय पश्चिमी वायुले बाग्मती र कोशी प्रदशेका पहाडी क्षेत्रमा पनि सामान्य वर्षा गराउने सम्भावना छ । काठमाण्डौ उपत्यका सहित पूर्वका क्षेत्रमा आज बेलुकीपख वर्षाको सम्भावना छ । ती क्षेत्रमा पनि दिउँसोदेखि नै मौसम बदली हुने छ ।

आज रातिदेखि मौसम सुधार हुन थाल्ने र भोलिदेखि भने मौसम सुधार हुने मौसमविद् लामिछानेले बताए । सुदूरपश्चिम क्षेत्रमा भने भोलि पनि बदली र छिटपुट वर्षाको सम्भावना छ । पश्चिमी वायु सक्रिय हुँदा तराई मधेशमा वर्षाको सम्भावना नरहे पनि यसका कारण हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताएका छन् ।

भर्खरै प्रकाशित

your adv here