17.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeसमाचारपूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी थिए । उनको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिएका छन् ।

२०४३ सालमा बुढाथोकी राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि जलस्रोत राज्यमन्त्री बनेको थियो । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

२०७३ सालमा बुढाथोकी सामान्य प्रशासनमन्त्री भएका थिए । उनको शवयात्रासहित आजै अन्त्येष्टि गर्ने तयारी छ । बुढाथोकीको श्रीमती, दुई छोरा र दुई छोरी छन्।

भर्खरै प्रकाशित

your adv here