29.1 C
Kathmandu
Monday, September 21, 2026
Homeसमाचारपूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी थिए । उनको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिएका छन् ।

२०४३ सालमा बुढाथोकी राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि जलस्रोत राज्यमन्त्री बनेको थियो । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

२०७३ सालमा बुढाथोकी सामान्य प्रशासनमन्त्री भएका थिए । उनको शवयात्रासहित आजै अन्त्येष्टि गर्ने तयारी छ । बुढाथोकीको श्रीमती, दुई छोरा र दुई छोरी छन्।

भर्खरै प्रकाशित

your adv here