23.1 C
Kathmandu
Thursday, October 15, 2026
Homeसमाचार६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ

६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ

Date:

सम्बन्धित खबर

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

बितेका ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका प्रहरीको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २ हजार ७ सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये एक हजार ९ सय ६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, अफिम, कोकिनलगायत सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० किलो गाँजा, तीन सय आठ किलो चरेस, १० किलो हेरोइन, २७ किलो अफिम र तीन किलो कोकिन बरामद गरी नष्ट गरिएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here