17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदपाकिस्तानलाई हराउँदै अस्ट्रेलिया १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया पाकिस्तानलाई १ विकेटले हराएर फाइनलमा पुगेको हो । अब उपाधिका लागि पर्सि आइतवार अस्ट्रेलिया र भारत खेल्ने भएका छन् । पहिलो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तान ४८ ओभर ५ बलमा १ सय ७९ रनमा अलआउट भएको थियो । पाकिस्तानका अजन अविस र अर्फत मिनहासले समान ५२ रन बनाएका थिए । अस्ट्रेलियाका टम स्ट्राकेरले ६ विकेट लिएका थिए । पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरको ५ बल बाँकी हुँदै ९ विकेट गुमाएर जित दर्ता गरेको हो ।

अस्ट्रेलियाका लागि हेरि डिक्सनले ५० रनको अर्धशतकीय पारी खेले । ओलिभर पिकले ४९ तथा टम काम्पबेलले २५ रन बनाए । अन्त्यमा रफ म्याकमिलनले १९ रनको नटआउट खेले । पाकिस्तानका अलि राजाले सर्वाधिक ४ विकेट लिए ।

भर्खरै प्रकाशित

your adv here