17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनदीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ विमोचन

दीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ विमोचन

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

साहित्यकार दीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ को पोखरामा गृह विमोचन गरिएको छ।

पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी उक्त कथा संग्रहको विमोचन गरिएको हो।

कथा संग्रहमा ८२ वटा लघुकथा संग्रहित छन्। लघुकथा विमोचन समारोहमा बोल्दै लेखक समीपले ३० वर्षदेखि लेखिएका लघुकथा संग्रहमा समावेश गरेको बताए। स्कुले जीवनबाटै लघुकथा, कविता, गजल, मुक्तक लगायत लेख्न थालेको भन्दै उनले पुराना र नयाँ कथाहरू संकलन गरेर लघुकथा संग्रह प्रकाशन गरेको बताए।

लघुकथा संग्रह विमोचनमा बोल्दै वरिष्ठ साहित्यकार सरूभक्तले कथाकार समीपले धेरै सोचविचार गरेर लेख्ने गरेको बताए।

उनले लेखेका कथाहरू सुन्दर रहेको भन्दै उनले कथा लामो वा छोटो हुनुभन्दा पनि त्यसले दिने सन्देश महत्वपूर्ण रहने बताए।

सोही अवसरमा बोल्दै कवि तीर्थ श्रेष्ठले समीपका कथाहरू काब्यात्मक रहेको बताए। कथा भन्ने शैली परिमार्जन गर्न आवश्यक रहेको भन्दै उनले भने,‘समीपका कथाहरू शब्द मात्र कम हुन्, भाव बढी छ।’

विमोचन समारोहमा लघुकथा संग्रह नदीका राजमार्गमाथि साहित्यकार सरस्वती प्रतीक्षा र ईश्वरमणि अधिकारीले समीक्षा गर्दै संग्रह पठनीय कृतिका रूपमा आएको बताएका थिए।

साहित्यकार समीपका यसअघि ‘भूगोलभित्र नकोरिएको देश’ गजल संग्रह र ‘अक्षर अक्षरमा देश’ मुक्तक संग्रह प्रकाशित भइसकेका छन्। लघुकथा संग्रह नदीका राजमार्ग उनको तेस्रो साहित्यिक कृति हो।

समीपले राष्ट्रव्यापी लघुकथाकार पुरस्कारसहित उनले एक दर्जन भन्दा बढी सम्मान तथा पुरस्कार पाइसकेका छन्।

भर्खरै प्रकाशित

your adv here