29.1 C
Kathmandu
Monday, September 21, 2026
Homeसमाचारपर्सि बुधवार पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

पर्सि बुधवार पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

पर्सि बुधवार देशभरका पहाडी भेगमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्न सक्ने सम्भावना छ ।

आज र भोलि भने देशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहे पनि वर्षाको सम्भावना भने नरहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनु भयो । यसअघि अघिल्लो हप्ता दुई पटक पश्चिमी क्षेत्रसँगै पहाडी भेगका केही ठाउँमा हल्का पानी परेको थियो । तर देशका सबै ठाउँमा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । यसपालिको हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनालीमा सुक्खापन बढेको छ । अझै केही समय देशभर ठूलो पानी पर्न सक्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

यसैबीच, काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री मापन गरिएको छ भने दिउँसोपख अधिकतम तापक्रम २१ देखि २३ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ ।

भर्खरै प्रकाशित

your adv here