काठमाडौं – `माया को धून´बोलको गीताको म्युजिक भिडियो भर्खरै मात्र रानी साक्य युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरिरहेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। यो गीतमा ख्यातिप्राप्त गायक प्रताप दास र गायिका रानी शाक्य को संयुक्त आवाज सुन्न सकिन्छ । सैलेन्द्र प्रधान `बाबु´ले गीतको अडियो एरेन्ज गरेका हुन् । यस गीतलाई राजेश कुमार श्रेष्ठले मिक्स्किङ गरेका हुन। चर्चित गीतकार राजेश शाक्य को शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् । गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता सुरेश कोहली र अभिनेत्री स्रद्धा छेत्रीले अभिनयमा अनस्क्रिन रोमान्स गरेका छन् ।
गीतको भिडियो काठमाडौंको विभिन्न स्थानमा खिचिएको छ । मल्टि ट्यालेन्टेड सिनेम्याटोग्राफर ओम प्रसाईँ भिडियोका डिओपी हुन् भने ओमलेनै यस भिडियो सम्पादन गरेका हुन् । असाध्यै कलात्मक ढंगले उनले आफ्नो सिनेम्याटोग्राफीको क्षमता यसमा पनि दिएका छन् । उनैले भिडियोको स्क्रिन प्ले, कलर ग्रेडिङ लगायतका काम समेत गरेका छन्।
यस भिडियोलाई अहिलेका लोकप्रिय अनि व्यस्त म्युजिक भिडियो निर्देशक सन्दिप भुजेलले निर्देशन गरेका हुन। पछिल्लो समय सन्दिपले निर्देशन गरेका गीतहरु एकपछि अर्को हिट भैरहेका छन्।
यो गीतले एउटा प्रेमिल जोडीको माया भिज्युअल मार्फत देखाउन खोजेको निर्देशक सन्दिप भुजेलले बताए । उनले भने, ‘हामीले यो गीत निर्माणमा असाध्यै मिहेनत गरेका छौं । मलाई लाग्छ यो गीत र भिडियोलाई दर्शकले निकै माया गर्नेछन् ।’ चिसो मौसमका बाबजुद २ दिन छायांकन गरेर भिडियोको छायांकन गरिएको थियो।
