17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeअवार्डजापानमा नेपालका ख्याती प्राप्त कलाकारको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुदै

जापानमा नेपालका ख्याती प्राप्त कलाकारको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुदै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । ‘पर्यटन, कला र संस्कृतिको प्रबर्द्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मुल नाराका साथ टोकियोमा एएमएस अन्तर्राष्ट्रिय अवार्डको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

जापानमा वृहत सांस्कृति तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपालका चर्चित ख्याति प्राप्त कलाकार तथा अन्तराष्ट्रिय ब्यक्तित्वहरुको साथमा नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल २८ तारीख़ आईतबारको दिन जापान टोक्योको शहर नाक़ानो जेरो हलमा हुन लागेको कार्यक्रम व्यबस्थापन संघका सचिव,कलाकार तथा आयोजक समितिका सदस्य समिर लामाले जानकारी दिनु भयो ।

‘दोश्रो ए.एम.एस बृहत सास्कृतिक कार्यक्रममा नेपालबाट अभिनेता भुवन केसी,अभिनेता शिव श्रेष्ठ, वरिष्ठ संगितकार शम्भुजित बास्कोटा,क्याप्टेन बिजय लामा, संचारकर्मी नरेश भट्टराई,गायक आनन्द कार्की, गायक रामजी खाँड, पत्रकार रिषि धमला, कलाकारहरु गायक चेतन सापकोटा, गायक उर्गेन दोङ , गायक कमल खत्री, गायिका अन्जु पन्त ,गायिका स्मिता दाहाल, अभिनेता बुद्दि तामाङ, आस्मा बिश्वकर्मा, अनुशा लामा, नारायण थापा, अभिनेता गजित बहादुर विष्ट, अभिनेता श्रीदेब भट्टराई, मिङमार दोर्जी शेर्पाको साथमा जापानमा रहेका स्थाानिय कलाकारहरुको उपस्थिति रहने सह-आयोजक तथा सनसाइन खाबुसिकी खाइस्याका सिइओ कर्साङ तामाङले जानकारी दिनुभयो ।

अप्रील २८ गतेको दिन हुने बृहत साङितिक कार्यक्रममा जापानमा बसोबास गरेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ उपस्थितिका समेत लागि आयोजक समितिका सदस्य जनक थोकरले आह्वान गरेका छन ।

भर्खरै प्रकाशित

your adv here