20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जन‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न

‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

पाँचौं संस्करणको ‘लिटिल स्टार नेपाल,२०२४’ को अन्तिम स्पर्धा भाद्र ३१ गते सोमबारका दिन राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ र ‘गायन’ समूहका शिर्ष विजेता घोषित भए । नृत्यतर्फ ‘जुनियर गर्ल्स ए’, ‘जुनियर गर्ल्स बी’ र ‘सिनियर गर्ल्स’तर्फ क्रमशः मिराज दर्लामी मगर, शोखिन पाण्डे र शिलिन्यास घर्ती मगरले शिर्ष उपाधी हात पारे भने ‘गायन’तर्फ सिरिषा बिकले शिर्ष उपाधी हात पारिन।


‘जुनियर गर्ल्स ए’ तर्फ मिराज विजयी हुँदा सबिरा श्रेष्ठ फर्स्ट रनरअप, रिद्वी गिरी सेकेन्ड रनरअप/मस्ट पपुलर, आदित्री के.सी थर्ड रनरअप,  जिज्ञासा मर्हजन फोर्थ रनरअप, केन्जल बलामी र निर्भिक राज पन्त पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

त्यसैगरी ‘जुनियर गर्ल्स बी’ तर्फ शोखिन विजयी हुँदा ईशारा पौडेल फर्स्ट रनरअप, प्रज्ञा राई सेकेन्ड रनरअप, कृशिला बिक थर्ड रनरअप, सजिना सेन्चुरी फोर्थ रनरअप, इश्रीया ढकाल फिफ्थ रनरअप, मीमान्सु पाण्डे सिक्थ रनरअप, आभ्या बराल सेभेन्थ रनर अप, क्वीन महरा मस्ट पपुलर, युनिका मगर र फेलिसिआ मैनाली पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

‘सिनियर गर्ल्स’तर्फ शिलिन्यास विजयी हुँदा नीजा थापा मगर फर्स्ट रनरअप, कृ्षा लामा सेकेन्ड रनरअप/मस्ट पपुलर, हिमानी थापा मगर थर्ड रनरअप, सुप्रीया थापा मगर फोर्थ रनरअप, सुकृती थापा मगर फिफ्थ रनरअप, हेनिस खत्री मस्ट पपुलर, रसना तामाङ र रशु गिरी पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

त्यसैगरी ‘गायन’तर्फ सिरिषा विजयी हुँदा निराजन धामी फर्स्ट रनरअप, बसन्त ढकाल सेकेन्ड रनरअप,अथर्व राना मगर थर्ड रनरअप, बिर्मशा देवकोटा फोर्थ रनरअप, नश्रीन आर्चाय मस्ट पपुलर, इभाना शर्मा र बिपाश्यी मरासीनी पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

प्रनिमा दाहालले संचालन गरेको उक्त प्रतियोगितामा निर्णायकको रुपमा गायनतर्फ धनु ग्याङ्गमि, डि. पी. खनाल र भीम लिम्बू थिए भने नृत्यतर्फ सीता सुबेदी, प्रेम थापा निर्णायक रहेका थिए।

सन्दीप भुजेल, शान्ति तामाङ, मालती तामाङ, एलिना तामाङ, सम्भफ्ना तामाङ र सरीता स्याङ्गताङ्गले नृत्य प्रशिक्षण तथा कृष्ण भट्टराई  र सुभास श्रेष्ठले गायन प्रशिक्षण प्रदान गरेको उक्त प्रतियोगिता बालबालिकाहरुको आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत पाँच वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले जनाए ।

भर्खरै प्रकाशित

your adv here