बहु प्रतिभाशाली गायक रमेश पाठकको नेपालीहरुको माहन चाड तिहारलाई लक्षित गरी तयार गरिएको “हामी त आयौं” बोलको देउशी भैलो गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई पाठकले आफ्नो कला सस्कृतीलाई कहिले भुल्नु हुन्न भन्ने सन्देशको साथमा मौलिक शैलीले प्रस्तुत गरेका छन । माहन चाड तिहार नजिकदै गर्दा अहिले पाठकको “हामी त आयौं” बोलको देउशी भैलो गीत एफ एम, टेलिभिजनहरुमा बजिरहेको छ। हुन त नेपालीहरुको चाड पर्बमाहरुमा पाठककै गीतहरु धेरै बज्ने गर्दछन। गायक पाठकलाई अझ सफलताको शुभकामना ब्यक्त गर्दछौ ।
कबिन थापाको छायाँकन,निराजन के.सि.को सम्पादन रहेको उक्त भिडियोमा पाठक स्वयं साथमा लोकप्रिय मोडल कलाकार शिला गजुरेल लगाएत थुप्रै कलाकार तथा स्थानियहरुलाई पनि देख्न सकिछ ।
पाठककै शब्द, स्वोर र संगीत रहेको समिर कार्कीको रेकर्डिङ,दिनेश न्यौपानेले मिक्सिङ रहेको गीतको संगीत सम्योजन रामकृष्ण थापाले गरेका हुन् ।