17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeशिक्षाअर्घाखाँचीमा क्लिक ईन्टरनेशनलद्वारा ३ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँचीमा क्लिक ईन्टरनेशनलद्वारा ३ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

क्लिक इन्टरनेसनल एजुकेसन, काठमाडौंले अर्घाखाँचीमा विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरूलाई न्यानो कपडा विरतण गरिएको हो ।

तीन वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईमार्फत ट्याक्सुट सेट वितरण गरिएको हो । किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो कपडा प्रदान गरिएको हो ।

किरण मा.वि. निन्युखर्क खनमा कपडा वितरण कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष भट्टराईले चिसो बढिरहेको समयमा यसरी विभिन्न स्कुलका विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको भन्दै क्लिकलाई धन्यवाद दिए ।

“जाडोबाट बच्न र बचाउन” भन्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको क्लिक इन्टरनेसनल एजुकेसनका म्यानेजिङ डाइरेक्टर गोविन्द खनालले बताए ।

यसैगरी किरण मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो कपडा सरकारले दिनुपर्नेमा क्लिक इन्टरनेसनल एजुकेसनले वितरण गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । विभिन्न स्कुलमा भएको कपडा वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here