19.1 C
Kathmandu
Friday, October 23, 2026
Homeअवार्डथाइल्याण्डमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान सम्पन्न

थाइल्याण्डमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान सम्पन्न

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई थाइल्याण्डमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको छ । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा थाइल्याण्डको बैंकक स्थित प्रिन्सटन होटलमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको हो ।

समारोहमा इशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गरेका थिए भने नृत्य निर्देशक/कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरूङ रसाल, पुजन काफ्ले लगायतले आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल भएका थिए ।

समारोहमा सिक्किममा रहेर नेपाली गीत, संगीत भाषा, साहित्य कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो ।

समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, पत्रकार राज लुईंटेल, गायक÷संगीतकार रामबावु राहुत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्सप्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरूणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेल लगायतलाई सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले बताए ।

थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आइरहेका सामाजिक व्यक्तित्व सुनील खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here