16.1 C
Kathmandu
Monday, May 4, 2026
Homeअवार्डराजेन्द्र लुईटेललाई थाईलैण्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड

राजेन्द्र लुईटेललाई थाईलैण्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

थाईलैण्ड । संचारकर्मी एवं म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज)ले थाईलैण्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशककको अवार्ड जित्न सफल भएका छन ।

बैंककस्थित प्रिन्सटन होटलमा आयोजित भव्य समारोहमा विश्वकिर्तिमानी निर्देशक राजलाई माया मार्यौ बोलको गीतको म्यूजिक भिडियोबाट उक्त अवार्ड प्रदान गरिएको हो । हिमालयन ईन्टरनेशनल अवार्ड समारोहमा थाईलैण्डका प्रतिष्ठित व्यक्तित्वहरुको हातबाट उनले सो अवार्ड प्राप्त गरेका थिए ।

केहि समय अधि मात्र पनि नेपालमा सम्पन्न जिनियस म्यूजिक अवार्डमा समेत सोही गीतको भिडियोबाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारेका राज पछिल्लो पटक भिडियो निर्माणमा समेत व्यस्त छन ।

सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरि गिनिज बुकमा नाम लेखाउन सफल राजले केहि महिना अघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका राज लाई झण्डै दुई दशकदेखि विभिन्न संचारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएका कारण योगदानको कदर स्वरुप दादासाहेव फाल्के अवार्ड वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका थिए ।

छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका र प्याजेन्ट नेपालका प्रमुख हुन । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेलले गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा समेत डा।एपिजे अव्दुल कलाम सेवा सम्मान,ईन्टरनेशनल युथ आईकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीज्म अवार्ड लगायत विश्व चर्चित संघ संस्थाबाट सम्मानित भईसकेका छन । फेयर एक्सप्रेस पत्रिकाका प्रबन्ध निर्देशक रहेका उनी नेपालमा सफल कार्यक्रम व्यबस्थापकको रुपमा परिचित छन ।

भर्खरै प्रकाशित

your adv here