16.1 C
Kathmandu
Monday, May 4, 2026
Homeसमाचारपत्रपत्रिकाचीनका नयाँ क्षेत्रमा फैलँदै कोरोना भाइरस

चीनका नयाँ क्षेत्रमा फैलँदै कोरोना भाइरस

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

बेइजिङ– चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा चीनका नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् ।

यसका साथै आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् ।

पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ ।

सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ ।

आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौं पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को प्रारम्भमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो ।

कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोषणा गरिएको छ ।

कोभिड–१९ को महामारी चीनबाट प्रारम्भ भई जंगलको डढेलो झैं विश्वभर फैलिएपछि मात्रै एक जनामा लक्षणविहीन बिरामी रिपोर्ट गरेको थियो । केही दिन अघि तिब्बतले २८ नयाँ संक्रमित फेला पारेको जनाएका छ, जसका कारण यस क्षेत्रमा त्रास फैलाएको छ ।

भर्खरै प्रकाशित

your adv here