पुजन काफ्लेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ आफ्नै अफिसिएल युट्युब मर्फत सार्वजनिक भएको छ ।
गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।
अजय रेग्मीको छाँयांकन, राकेश दाहालको सम्पादन,केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।
