17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनचिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)

चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आगामी भदौ २० गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई माधवराज खरेलले निर्देशन गर्नुभएको हो । कुवेर डिस्टिब्युटर्स प्रालि. वितरण गर्ने ‘चिट्ठी’ हरर तथा कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

सार्वजनिक ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना श्रीमानप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत तथा गायिका बेनिशा पौडेलको स्वर छ । निर्देशक खरेलका अनुसार ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तर–आत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ ।

गीतको भिडियोमा चलचित्रका अभिनेता सञ्जीत भण्डारी तथा कञ्चन चालिसेले अभिनय गर्नुभएको छ भने गायिका पौडेल स्वयंम् पनि उक्त गीतमा गायिकाकै रुपमा देखिनुभएको छ ।

चलचित्रको युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृष्य आत्माबीचको अन्तर–द्वन्दमा आधारित रहेको बताइएको छ । सामाजिक यथार्थता, निकायगत विकृति, मानविय प्रवृत्ति र पारिवारिक भावना समेटिएको चलचित्र ‘चिट्ठी’ समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उद्देश्यका साथ निर्माण गरिएको निर्देशक खरेलले बताउनुभयो ।

चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाउनुभएका खड्गबहादुर पुन ‘खबपु’, सञ्जीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रणव भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की तथा रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुनुहुन्छ । चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गर्नुभएको हो भने सम्पादन राजेश कुमारले गर्नुभएको छ । भीएफएक्स समिर मियाँले गर्नुभएको छ । ध्वनि सम्पादन मनोज परियारले र ५.१ ध्वनी सम्पादन अमित श्रेष्ठले गर्नुभएको हो । चलचित्रमा रहेको अर्को गीत ‘टुटेको तारा’ मा डा. कृष्णहरि बरालको शब्द, शिव परियार र सरोज कोइरालाको संगीत रहेको छ भने शिव ताण्डवमा वसन्त अर्यालको स्वर समावेश गरिएको छ । शिव ताण्डव गीतको संगीत संयोजन राजेन्द्र बजगाईंले गर्नुभएको हो भने चलचित्रको द्वन्द निर्देशन किरण दाहालको छ । पृष्ठभूमि संगीत पुष्कर खत्रीले तयार गर्नुभएको छ ।

सञ्चारकर्मीहरुसँगको भेटघाटमा फिल्मसँग आवद्ध कलाकार, निर्माता, संगीतकर्मी लगायतले गीत र फिल्मको सन्दर्भमा धारणा व्यक्त गरेका थिए ।

भर्खरै प्रकाशित

your adv here