‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल कलाकर्मीलाई प्रोत्साहन एवम् सम्मानका साथै नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटनलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आइरहेको “जिनियस म्युजिक अवार्ड–२०८१”आगामी भदौं ३० गते सोमवार प्रदर्शनी मार्ग, काठमाडौं स्थित नेपाल पुलिस क्लबमा हुन गइरहेका छ । जिनियस डिजिटल म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौँ वर्षको अवसर पारेर जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘ जिनियस म्युजिक अवार्ड–२०७५’ कार्यक्रम सम्पन्न गरेसँगै निरन्तर पाँचौे जिनियस म्युजिक अवार्ड’ कार्यक्रम सम्पन्न गरिसकेको छ र अहिले छैठौं संस्करण हो ।
नेपाली गीत सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन र कलाकर्मीलाई प्रोत्साहन तथा सम्मानका लागि विभिन्न विधामा ‘छैठौं जिनियस म्युजिक अवार्ड–२०८१’ प्रदान गरिने यस अवार्ड क्रार्यक्रमको उत्कृष्ट पाँच चाडैंनै सार्बजनिक गर्ने तयारीमा रहेको आयोजक कम्पनिले जानाकारी दिएका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई नगद राशी सहित दीर्घ साधना सम्मान (लाइफ टाइम एचिभ्मेन्ट अवार्ड) प्रदानका साथै अवार्ड समारोहमा स्रष्टा,कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाज सेवीलाई सम्मानका साथै चर्चित कलाकारका विबिध साङ्गीतिक प्रस्तुित रहने पनि आयोजक कम्पनिले जानाकारी दिएका छन् ।
